मधेश प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ १४ गते । मधेश प्रदेशसभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते बुधवार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज प्रदेशसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ ११ गतेको प्रदेश सरकारको निर्णय आधारमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी गराएका छन् ।
.jpg)
विज्ञप्तीमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम सम्बत् जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
पाँचौ अधिवेशनमा आगामी आर्थिक वर्षको बजेटका साथै विभिन्न विधेयकहरु पेश हुनेछ । यस अधिवेशनको पहिलो बैठकबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट विषयमा छलफल सुरु हुने अनुमान गरिएको छ ।
प्रदेशसभाको चौथो अधिवेशनमा २३ वटा बैठक बसेको छ । अधिकांश बैठकमा सत्तारुढ र प्रतिपक्षी दलबीच घोचपेज चलेको थियो । घोचपेचकै प्रदेशसभामा पेश भएका विधेयकहरु अलपत्र अवस्थामा छ भने चैत २८ देखि बैठक अनिश्चित बनेको थियो ।
साभार : नेपाल प्रेस
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
9 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले