
मधेश प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान
5 दिन पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,जेठ १४ गते । मधेश प्रदेशसभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते बुधवार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज प्रदेशसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ ११ गतेको प्रदेश सरकारको निर्णय आधारमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम सम्बत् जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
पाँचौ अधिवेशनमा आगामी आर्थिक वर्षको बजेटका साथै विभिन्न विधेयकहरु पेश हुनेछ । यस अधिवेशनको पहिलो बैठकबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट विषयमा छलफल सुरु हुने अनुमान गरिएको छ ।
प्रदेशसभाको चौथो अधिवेशनमा २३ वटा बैठक बसेको छ । अधिकांश बैठकमा सत्तारुढ र प्रतिपक्षी दलबीच घोचपेज चलेको थियो । घोचपेचकै प्रदेशसभामा पेश भएका विधेयकहरु अलपत्र अवस्थामा छ भने चैत २८ देखि बैठक अनिश्चित बनेको थियो ।
साभार : नेपाल प्रेस

सङ्घीयतापछि जनताको विकासको चाहना पुरा हुँदै: प्रधानमन्..
जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रदेशमा विकासको कामलाई तीव्र गतिमा गर्ने स..
20 घन्टा पहिले
स्मृतिको चिहानमाथि स्वागत: मधेसमा केपी ओलीको आगमन र हाम्..
जनकपुरधाम, जेठ १८ गते । २०७२ साल। संविधान निर्माणको आन्दोलन उत्कर्षमा थियो। मधेस बलिरहेको थियो, रगत बगिरहेको ..
11 घन्टा पहिले
पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट जाने कार्यक्रम स्..
काठमाडौं, जेठ १७ : नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गर..
2 दिन पहिले
प्रधानमन्त्रीद्वारा मधेश प्रदेश विभिन्न सडकको शिलान्य..
जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएक..
2 दिन पहिले
बजेटमा नयाँ के छ ?
काठमाडौँ ,जेठ १५ गते । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्मा प्रस्तुत भइसकेको छ । मुलुकको अर्थतन्त्र बिस्..
4 दिन पहिले