गणतान्त्रिक व्यवस्था विश्वका उत्कृष्ट व्यवस्था : मुख्यमन्त्री सिंह
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ १५ गते । १८ औँ गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश सरकारले मधेश प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकारहरूलाई सम्मानित गरेको छ ।
मधेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना तथा अभिनन्द कार्यक्रममा १२ जना प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकारहरूलाई दोसल्ला ओढाएर कदर पत्र एवं नगदसहित सम्मान गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले संयुक्त रुपमा उहाँहरूलाई सम्मानपत्रसहित सम्मानित गर्नुभयो ।
सम्मानित हुनेमा सप्तरीका वैद्यनाथ झा, प्रकाश खतिवडा, देवनारायण यादव, धनुषाका अशोक रौनियार, रामभरत साह रहनुभएको छ । त्यस्तै, प्रेस स्वतन्त्रता सेनानीहरूमा महोत्तरीका विन्देश्वरी मण्डल, कुमरकान्त झा, गोपाल बराल, ईश्वरी प्रसाद काफ्ले हुनुहुन्छ । त्यसैगरी गयाँ यादव, शत्रुधन नेपाल र शैलेन्द्र गुप्ता हुनुहुन्छ ।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सशित कुमार सिंहले विश्वका सबैभन्दा उत्कृष्ट व्यवस्थाको रुपमा गणतान्त्रिक व्यवस्था रहेकाले गणतन्त्रको विकल्पमा अरू कुनै तन्त्र हुनै नसक्ने बताउनुभयो ।
उहाँले गणतन्त्रका कारणले आम गरिब नेपाली जनताको छोरो मुलुकको सर्वोच्च पदहरूमा पुगेको उल्लेख गर्नुहुँदै राजतन्त्रमा त्यो कहिल्यै सम्भव नभएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले गणतन्त्रमा कसैले गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने काम जनताले नै गर्ने भन्नुहुँदै गणतन्त्रको छोटो अवधिमा मधेश प्रदेशको गाउँ गाउँमा विकासको लहर आएको बताउनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले सङ्घीयता तथा समावेशिताको एजेन्डालाई सबैभन्दा बढी उजागर गर्ने प्रेस स्वतन्त्रता सेनानीहरूलाई गणतन्त्र दिवसमा सम्मानित गर्न पाएकोमा आफू खुशी भएको भन्नुहुँदै यो अभियान निरन्तर रुपमा जारी रहने बताउनुभयो ।
शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गणतन्त्रका कारणले नै मुलुकका विभिन्न क्षेत्र, वर्ग तथा भूगोलमा बसोबास गर्ने नागरिकहरूले मुलुकको सर्वोच्च पदमा पुगेको र पुग्ने क्रममा भएको बताउनुभयो ।

मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले गणतन्त्रको विकल्प गणतन्त्र नै हुने भन्नुहुँदै अरू कुनै तन्त्र हुन नसक्ने बताउनुभयो ।
वन तथा वातावरण मन्त्री संजय कुमार यादवले गणतन्त्रको विकल्पमा नौलो गणतन्त्र हुन सक्ने तर जनताले फलिसकेको राजतन्त्र हुनै नसक्ने बताउनुभयो ।
साभार : रेडियो नेपाल
.jpg)
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
9 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले