प्रधानमन्त्रीद्वारा मधेश प्रदेश विभिन्न सडकको शिलान्यास हुने
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएको छ । मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे सडकको जेठ १८ गने आइतबार शिलान्यास गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको शिलान्यास सम्बन्धि पत्रकार सम्मेलनमा मधेश प्रदेशका ८ वटा जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३ सय २० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने जानकारी गराएको हो ।
१२ अर्ब ७० करोडको लागतमा बन्ने सो सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भोली दिउँसो १ बजे डिजिटल प्रविधि मार्फत गर्नु हुने कार्यक्रम तय भएको मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले जानकारी दिनु भयो ।
उहाँले प्रधानमन्त्रीले शिलान्यास गर्नु हुने सडकको निर्माण कार्य ३ वर्षको अवधिमा पुरा गरिने मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवले जानकारी दिनु भएको हो । मन्त्री यादवले सडक निर्माणका लागि स्रोतको सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडी भएपछि शिलान्यास गरिन लागेको र सडकको ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयहरूमा भइसकेको जानकारी दिनु भयो । पहिलो चरण अन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३ सय २० किलोमिटर सडक निर्माण अगाडी बढाएकोमा त्यस मध्ये २ सय किलोमिटर सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले जानकारी दिनु भयो ।
शिलान्यास हुने सडकहरू मध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ । सडकको चौडाई साढे पाँच देखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
यसका साथै मन्त्रालयले ८ वटै जिल्लाका ६४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा १–१ वटा पक्की पुलको निर्माण गरिने गरि प्रक्रिया अगाडी बढाउनुका साथै सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट परेको प्रभावको असरलाई न्यून गर्ने गरि काम भइरहेको जनाएको छ ।
साभार : रेडियो नेपाल
.jpg)
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
9 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले