Janakpurdham
Wed, Aug 05, 2026
`

सरकार र यातायात व्यवसायीबीच १४ घण्टाकाे वार्ता निष्कर्षविहीन, मंगलबार बिहान पुनः बस्ने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं ,जेठ १९ गते । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आजको दोस्रो वार्ता निष्कर्षविहीन बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र व्यवसायीबीचको १४ घण्टाकाे वार्तामा सहमति जुट्न नसकेकाे हाे ।

मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सञ्चालन सम्बन्धी नियमावली संघको ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने व्यवसायीको मागमा सरकार तयार नहुँदा वार्ता सफल हुन सकेन ।

यातायात महासंघका महासचिव भरतराज नेपालले गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको बताए ।

‘हामीले मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने माग राखेका हौं’, उनले भने, ‘उहाँले यो काम हामीबाट हुन सक्दैन । माथिल्लो निकायबाट पहल गर्नुपर्छ भनेपछि वार्ता स्थगित भयो ।’

 पुनः भोलि बिहान १० बजेका लागि वार्ताका लागि बोलाइएको महासविच नेपालले बताए । ‘हाम्रो मागप्रति सरकार तयार भए राति पनि वार्ता हुन सक्छ । नभए भोलि बिहान १० बजे पुनः बस्छौं,’ उनले भने ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालनसम्बन्धि नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् । उनीहरुले आजदेखि देशैभर सार्वजनिक यातायात बन्द गरेका छन् ।


साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले