
थारुहरूको दुई दिने अन्तर्राष्ट्रिय महासभाबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी
2 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,जेठ २० गते । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी गरिएको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको थियो ।
बन्द सत्रको निर्णय अनुसार सम्मेलनबाट जारी एक घोषणापत्रमा आतङ्कवादको कडा भर्त्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेशहरू समेटिएको छ ।
त्यसैगरी, थारु अन्तर्राष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यपत्रको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । महासभाले भारत र नेपालका च्याप्टरहरूलाई घोषणापत्र कार्यान्वयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनले अन्य देशहरूमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि गहिरो छलफल भएको छ ।
साभार : रेडियो नेपाल

नेपाल डम्पिङ साइट बन्न सक्दैन : मन्त्री भण्डारी
काठमाडौं, साउन १३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। मं..
23 घन्टा पहिले
पत्नी हत्या गरी ५ वर्ष जेल बसेर आएका रामबाबुले तीनजनालाई..
धनुषा,श्रावण १३ गते । जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ । घटनामा ..
23 घन्टा पहिले
स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ : मन्त्री पौडेल
काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार ग..
2 दिन पहिले
माधव नेपालले पाएनन् भ्रष्टाचार मुद्दामा वारेश राख्ने अ..
काठमाडौं, साउन १२ : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा वा..
2 दिन पहिले
एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउव..
काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको कल्पना ..
2 दिन पहिले