Janakpurdham
Wed, Aug 05, 2026
`

आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २१ गते ।रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए । 

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनाएको थियो ।आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।


साभार ः नेपाल प्रेस

 

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

3 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले