पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा
10 महीना पहिले प्रकाशित
Esandhyakalin
धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्।
देउवा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रमका लागि त्यसतर्फ जानेक्रममा थिए। सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको बताए।
‘राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन छ । पूर्वराजा समर्थकले गरेको आन्दोलन गणतन्त्र विरोधी भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य हुँदैन,’ सभापति देउवाले भने। साथै देउवाले गृहमन्त्रीको राजीनामा माग्ने कार्य पनि तर्कहीन रहेको बताए। संचारकर्मीसँगको जिज्ञासामा सभापति देउवाले संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका थिए।
साभार : काठमाडौं प्रेस

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
9 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले