
पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन : सभापति देउवा
1 महीना पहिले प्रकाशित
Esandhyakalin

धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारसँग यस्तो टिप्पणी गरेका हुन्।
देउवा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा, सालिक अनावरण र पुस्तक विमोचन कार्यक्रमका लागि त्यसतर्फ जानेक्रममा थिए। सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको बताए।
‘राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन छ । पूर्वराजा समर्थकले गरेको आन्दोलन गणतन्त्र विरोधी भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य हुँदैन,’ सभापति देउवाले भने। साथै देउवाले गृहमन्त्रीको राजीनामा माग्ने कार्य पनि तर्कहीन रहेको बताए। संचारकर्मीसँगको जिज्ञासामा सभापति देउवाले संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरेका थिए।
साभार : काठमाडौं प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
22 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
22 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले