Janakpurdham
Wed, Aug 05, 2026
`

अनेरास्ववियुमा डाक्टरको प्यानलबाट उपमहासचिवमा नर्सको उम्मेदवारी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २८ गते । नेकपा एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वको लागि आजै राति हुने मतदानको पूर्वसन्ध्यामा उम्मेदवारको अन्तिम नामावली आएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदा अन्य पदाधिकारीमा भने उम्मेदवारको संख्या बढेको छ ।

पार्टीले प्यानल प्रतिस्पर्धामा रोक लगाए पनि दुवै उम्मेदवारले मुख्य पदमा प्यानल बनाएका छन् । पार्टी संस्थापनले अघि सारेका उम्मेदवार डा.कडरियाको टिमबाट उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना शिवाकोटी, महासचिव दीपक धामी छन् । प्रकाश पौडेल प्यानलबाट महासचिव आरके रोमश, उपाध्यक्षमा भवानी बजगाईँ छन् । उपमहासचिवमा डा.कडरियाको प्यानलबाट प्रेमिका राज्यलक्ष्मी शाहीले उम्मेदवारी दिएकी छन् ।

क्लिनिकल साइकोलोजीका चिकित्सक डा.कडरिया प्यानलको उपमहासचिव शाही भने स्टाफ नर्स हुन् । आफू डा.कडरियाको प्यानलबाट उपमहासचिवमा उम्मेदवार बनेको उनले बताइन् । यसअघि स्थायी कमिटी सदस्य र सिटिइभिटी इन्चार्ज रहेकी शाही चक्रवर्ती कलेजको ठगीविरुद्ध आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेता हुन् ।


साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

4 मिनट पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

6 मिनट पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले