Janakpurdham
Tue, Jul 15, 2025
`

पत्रकार महासङ्घ मधेश प्रदेशको बैठक सम्पन्न

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,जेठ ३१ गते । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको बैठकले स्वतन्त्र, सुरक्षित तथा मर्यादित पत्रकारिताको विकासको पक्षमा १३ बुँदे  निर्णय गरि जनकपुरधाममा सम्पन्न भएको छ । 

बैठकले विगतदेखि उठाउँदै आएको मागहरूलाई प्रभावकारी कार्यान्वयनका लागि सरकार, सञ्चार संस्था तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी कार्यान्वयनको लागि पुनः माग गरेको छ । 

बैठकले पत्रकारिताको मर्यादा कायम राख्न पत्रकारहरूलाई आचारसंहिता पालना गर्न र विवादमा नपर्ने गरी मर्यादित पत्रकारिता गर्न समेत आह्वान गरेको छ । आठ वटै जिल्लामा आवद्ध पत्रकार महासङ्घ सदस्यहरूको सदस्यता नवीकरण असार १५ भित्र गर्न र नवीकरण शुल्क प्रदेश समितिमा पठाउन अनुरोध गरिएको छ । साथै, कार्यालय व्यवस्थापन र उद्घाटनको तयारी गर्न निर्देशन दिइएको छ ।

सञ्चार माध्यमहरूलाई आत्मनिर्भर बनाउन कार्यसमिति सदस्यहरूले स्वैच्छिक मासिक आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोगलाई व्यवस्थित गर्न कोषाध्यक्षमार्फत कार्ययोजना ल्याउने निर्णय बैठकले गरेको छ । 

बैठकले प्रदेश सरकार समक्ष पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा अभियानका रूपमा सञ्चालन गर्न, छुटेकाहरूलाई समावेश गर्न र गैर पत्रकारको बीमा भएमा पुनरावलोकन गर्न माग गरेको छ ।

लोककल्याणकारी विज्ञापनका सन्दर्भमा प्रत्येक मिडियालाई कम्तीमा एक लाख रुपैयाँ बराबरको विज्ञापन सुनिश्चित गर्न आग्रह नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको बैठकले गरेको महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिनुभयो । 

आउँदो आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरिन लागेको प्रदेश सरकारको बजेटमार्फत यी मागहरू सम्बोधन गर्न आग्रह गरिएको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

22 घन्टा पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

22 घन्टा पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

2 दिन पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

2 दिन पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

3 दिन पहिले