Janakpurdham
Wed, Aug 05, 2026
`

कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए। 

‘नागरिकको असन्तुष्टिलाई हामीले मान्नुपर्छ । जनताले नेताहरुले आफ्नो स्वास्र्थको लागि मात्र सोचे घुस खाए। एउटा महामन्त्री अथवा कोही व्यक्तिले गल्ती गरे सारा पार्टीले गाली खानुपर्छ। भारी बोक्नुपर्छ। भ्रष्टाचार गरे भन्ने छ,’ उनले भने, ‘भ्रष्टाचार गर्ने जतिपनि कुरा आउँछ त्यसमा कुनै पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ । यसमा कांग्रेसले कोहीसँग सम्झौता गर्दैन। व्यक्ति चुक्न सक्ला कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ । ठिक ढङ्गले पार्टीलाई प्रस्तुत गर्न सक्नुपर्छ।’

महामन्त्री थापाले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने  धारणा राखे । उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथीहरू तयार भए गुटबन्दी अन्त्य गर्न सकिने दाबी समेत गरे।

कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्। सबै गर्दा १२ लाख छन्। पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर अन्तिममा काठमाडौँमा पाँच हजार प्रतिनिधिबाट महाधिवेशन गर्छौँ,’ उलने भने, ‘१२ लाख मान्छेलाई बुथमा निकाल्छौँ, उसलाई अधिवेशनमा टिक लगाउन दिन्छौँ भने प्रविधिको जमानामा त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न । जसले गुट बनायो त्यो ध्वस्त भन्यो भनौं न।’ 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

24 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

24 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले