Janakpurdham
Tue, Jul 28, 2026
`

भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । 

सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो ।

सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन् ।

कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक लाभका लागि नभई आफ्नै खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको रूपमा नहेर्न आग्रह गरेको छ । 

कांग्रेसले भारत सरकारसँग पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई रिहा गर्न र आवश्यक कानुबनी सहजीकरण गरिदिन अनुरोध गरेको छ । 

साभार ः काठमाडौं प्रेस

`
12 comments
भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल ग..

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाही..

3 घन्टा पहिले

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।  उनको जावलाखेलस्थित हेलिअस ..

3 घन्टा पहिले

मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भ..

जनकपुर, साउन ११ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गत..

1 दिन पहिले

देवानगञ्ज घटना : प्रदर्शन लौकही र इनरुवासम्म प्रदर्शन

सुनसरी, साउन ११ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्..

1 दिन पहिले

चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन

जनकपुर, साउन १० : कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, ह..

2 दिन पहिले