उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन्।
सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए। मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनपर्ने समेत बताए। उनले यो आर्थिक बर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे।
उनले नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष भएकाले अरुको भर पर्न नहुने बताए। उनले नेपालको लोकल मदिरालाई समेत विदेशमा बेच्ने तयारी गरिरहेको र अब नयाँ मोडालिटीका साथ अघि बढ्ने समेत बताए।
‘मुल्याकंन कहाँ हुन्छ भन्दा उत्पादित वस्तुको हुन्छ । आफ्नो उत्पादनको बजारिकरण गर्न आवश्यक छ। उद्यमशिलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधान गर्न आवश्यक छ। कानुन अथवा नीति नियमबाट उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक छ। यतिबेला नेपालमा आर्थिक पूँजीलाई जसरी प्रवद्र्धन गर्नपर्ने हो त्यो हुन सकेन,’ उनले भने, ‘ललितपूर महानगरपालिकाले आयोजना गर्दा लगानीको क्षेत्रको बजारिकरण भइरहेको छ। नेपालको उद्योग क्षेत्र प्रतिस्पर्धामा आउन सकेको छैन। नेपालको उद्योगहरुको समस्या नै अरुमा आधारित हुनु नै नराम्रो पक्ष हो। हामीले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिन आवश्यक छ।’
उनले नेपालमा महिलाहरुले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्रि भनेर महिलालाई प्रोत्साहन गर्नुपर्ने बताए।
साभार : काठमाडौं प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
24 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
24 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले