स्कटल्यान्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, असार ४ : त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले स्टकल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति ग्लासोमा भएको खेलमा नेपालले ९८ रनको झिनो लक्ष्य पछ्याउँदा २ विकेटका संघर्षपूर्ण जित निकाल्यो।
९८ रनको सामान्य लक्ष्य नेपालले १ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १४, बासिर अमहदले १३ र किरण ठगुन्नाले १० रन बनाए।
झिनो स्कोरमा पनि नेपाललाई दबाबमा राख्ने क्रममा स्कटल्यान्डका माइलक लेस्क र सफ्यान सरिफले समान २ विकेट लिए।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको घरेलु टोली स्कटल्यान्ड सन्दीप लामिछानेले घातक बलिङ गरेपछि १९.४ ओभरमा ९७ रनमै अलआउट भयो। उसका लागि माइलक लेस्कले सर्वाधिक ४६ रन बनाए। उनीबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
स्कटल्यान्डको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ किवेट लिँदा ललित राजवंशीले १ विकेट लिए।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो।
साभार : काठमाडौं प्रेस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
3 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले