काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काभ्रेपलाञ्चोक,असार ४ गते । जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो ।
चालु आवमा बेरुजुलाई शून्यमा कायम गर्न सफल महाभारत गाउँपालिका, प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्ला प्रथम भएको बनेपा नगरपालिका, लिजामा गाउँपालिकामध्ये जिल्ला प्रथम भएको खानीखोला, लिजामा नगरमध्ये जिल्ला प्रथम हुने नमोबुद्धलाई सम्मान गरिएको हो ।

त्यसैगरी, स्वास्थ्य नगर घोषणा गर्न सफल भएकामा धुलिखेल, विपद्मा राहत तथा उद्धारमा उत्कृष्ट कार्य गर्ने बेथानचोक गाउँपालिका, स्थानीय तह वित्तीय सुशासनमा उत्कृष्ट रोशी गाउँपालिका, वन डढेलोमुक्त गाउँपालिका घोषणा भएको भुम्लु, नगरमध्ये कम बेरुजु बनाउने मण्डनदेउपुर, पशुबिमा कार्यक्रममा उत्कृष्ट पनौती नगर, नसर्ने रोगको क्षेत्रमा अनुकरणीय काम गर्ने तेमाल गाउँपालिका, आम्दानी जोड्ने पाँचखाल नगर र सामाजिक सुरक्षा भत्ता वितरणमा उत्कृष्ट काम गरेबापत चाँैरीदेउराली गाउँपालिकालाई सम्मान गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले, जिल्ला विपद् व्य कोमल शाह, सशस्त्र प्रहरी १५ नम्बर गुल्म, श्रीमेयर गण, राष्ट्रिय अनुसन्धानलगायत सुरक्षा निकायका प्रमुखललाई पनि सम्मान गरिएको थियो । विपद्मा सूचना तथा प्रसारणमार्फत सहयोग गरेकामा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई पनि सम्मान गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा र जिसस प्रमुख दीपककुमार गौतमले संयुक्त रूपमा सम्मान गरेका थिए ।
साभार : नेपाल प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
24 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
24 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले