
चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
27 दिन पहिले प्रकाशित
Esandhyakalin

खोटाङ,असार ४ गते । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।
अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो ।
गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषकलाई जनही नगद रु १५÷१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिएका छन् ।
गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा उत्कृष्ट अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा–८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अनुपमा बस्नेत पुरस्कृत हुनुभएको छ । पुरस्कृत विद्यार्थीहरुलाई जनही नगद रु सात÷सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा बिपीन रोक्कालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु सात÷सात हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।
विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङ बजारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने विद्यालयलाई जनही नगद रु १५÷१५ हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।
गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीलाई नगद रु १५ हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
वर्ष उत्कृष्ट कर्मचारीतर्फत एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति तथा संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गरेका हुन् ।
आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको पुरस्कृतहरुमध्येबाट धारण राख्नुहुने बलजित राईले प्रतिक्रिया दिए । “किसान भन्ने वित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ”, उनले भने, “म कृषक हुँ, मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसाला मिलेको छ ।”
गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विद्या निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताए । गाउँपालिकाको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
साभार : नेपाल प्रेस

विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
22 घन्टा पहिले
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..
22 घन्टा पहिले
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..
2 दिन पहिले
‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’
काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..
2 दिन पहिले
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..
3 दिन पहिले