
युवाहरु सही बाटोमा अघि बढे देश सही बाटो समात्छ : प्रधानमन्त्री
7 दिन पहिले प्रकाशित
Esandhyakalin

लतिलपुर, असार ९ : प्रधानमन्त्री केपी ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुुस्त हुने बताए। राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए।
‘अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ। आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ। संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिंगो योजना बनाओस्। नयाँ इतिहास कायम राखोस्। असाधारण सक्रियताका साथ काम गरोस्। यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठनका रुपमा उभ्याओस्,’ उनले भने, ‘वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना होस्। विपक्षीहरुले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस्। सही बाटोका पछि लागोस्, व्यक्तिका पछि होइन।’
प्रधानमन्त्री ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनुहुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे।‘युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ। युवाहरुलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुुस्त गतिमा अगाडि बढ्न पुग्छन्,’ उनले भने, ‘युवाहरुलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ। उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ। कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ। एमाले पनि ठिक नेतृत्व नपाउँदारुमलियो। जबज पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ। जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ।’
आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरु मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको बताउँदै उनले पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको त्यस्तै बनाएर अघि बढेकाले त्यो सामथ्र्य एमालेसँग भएको बताए। युवा संघ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने पनि उनले उल्लेख गरेका छन्।
साभार : काठमाडौं प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
9 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
9 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
1 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
1 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले