Janakpurdham
Tue, Jul 01, 2025
`

‘जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ’

6 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १० : पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने  बताएका छन्। 

मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताएका हुन्। 

‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ। पुनर्निर्माणका विषयमा हामी एक्लैले कुरा उठाएर केही हुँदैन। यसमा हाम्रा आवश्यतामात्र हैन । विकसीत देशहरुको जिम्मेवारी पनि हो,’ उनले थप भने, ‘खास गरी जलवायु परिवर्तनमा ठुला विकसीत मुलुकको योगदान छ, हाम्रो खासै छैन । हामीले असरहरु भोगिरहेका छौ यसमा कुरा विश्वले सहयोग गर्नुपर्छ भन्नृे कुरा राख्नुपर्छ।’ 

यस्तै, कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराम अधिकारीले विकासका मोडलहरुमा नै परिवर्तन ल्याउनुपर्ने बताएका छन्। उनले भने, ‘हामीले विकासका काम जसरी गरेका छौ त्यसलाई सुधार गर्नैपर्छ । यसलाई बहसमा ल्याउनुपर्छ।’

उनले चालु खर्चमा खर्च गर्ने सोच राम्रो नभएको भन्दै अहिलेले योजना आयोगको व्यवस्था परिवर्तन भएको जानकारी दिए। 
‘चालु खर्चमा खर्च गर्ने यस्तो सोचाइले हुन्छ ? हाम्रो पूर्वमन्त्रीहरुको जवाफ मलाई चित्त बुझेन उहाँहरुको सोचाइ माथि गएकै छैन । चालु खर्च ३ करोडभन्दा तल गर्न नमिल्ने बनाएका छौ,’ उनले भने। 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..

10 घन्टा पहिले

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..

10 घन्टा पहिले

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ।  प्रतिनिधिसभा बैठ..

1 दिन पहिले

सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..

1 दिन पहिले

कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..

2 दिन पहिले