‘जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ’
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १० : पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन्।
मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताएका हुन्।
‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ। पुनर्निर्माणका विषयमा हामी एक्लैले कुरा उठाएर केही हुँदैन। यसमा हाम्रा आवश्यतामात्र हैन । विकसीत देशहरुको जिम्मेवारी पनि हो,’ उनले थप भने, ‘खास गरी जलवायु परिवर्तनमा ठुला विकसीत मुलुकको योगदान छ, हाम्रो खासै छैन । हामीले असरहरु भोगिरहेका छौ यसमा कुरा विश्वले सहयोग गर्नुपर्छ भन्नृे कुरा राख्नुपर्छ।’
यस्तै, कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराम अधिकारीले विकासका मोडलहरुमा नै परिवर्तन ल्याउनुपर्ने बताएका छन्। उनले भने, ‘हामीले विकासका काम जसरी गरेका छौ त्यसलाई सुधार गर्नैपर्छ । यसलाई बहसमा ल्याउनुपर्छ।’
उनले चालु खर्चमा खर्च गर्ने सोच राम्रो नभएको भन्दै अहिलेले योजना आयोगको व्यवस्था परिवर्तन भएको जानकारी दिए।
‘चालु खर्चमा खर्च गर्ने यस्तो सोचाइले हुन्छ ? हाम्रो पूर्वमन्त्रीहरुको जवाफ मलाई चित्त बुझेन उहाँहरुको सोचाइ माथि गएकै छैन । चालु खर्च ३ करोडभन्दा तल गर्न नमिल्ने बनाएका छौ,’ उनले भने।
साभार : काठमाडौं प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
24 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
24 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले