जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १० : जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको अध्यक्ष उपेन्द्र यादवले बताए। अब संसदीय दलले निर्णय गरेपछि औपचारिक रुपमा यो निर्णय कार्यान्वयन हुनेछ।
अध्यक्ष यादवले सरकारको एक वर्षको कामको डेलिभरी र मूल्यांकनका आधारमा निर्णय गरेको बताए। उनले अब संसदीय दलको बैठकले केही दिनमै निर्णय गर्ने बताए।
जसपा नेपालले ओली सरकारलाई बाहिरबाटै समर्थन गरेको थियो।
जसपा नेपालले समर्थन फिर्ता लिए राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ। ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारमा सहभागी दलहरूको २७ जना मात्र सांसद छन्।
साभार : काठमाडौं प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
24 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
24 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले