Janakpurdham
Tue, Jul 01, 2025
`

मधेस प्रदेश– आफैंले ल्याएको बजेटमा जनमतको विरोध, संशोधन गर्नुपर्ने निर्णय

4 दिन पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १२ गते । आफ्नै पार्टी नेतृत्वको मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा असन्तुष्टि जनाउँदै जनमत पार्टीले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।जनमतको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम बमोजिम बजेट नआएको निष्कर्ष निकाल्दै संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो । सो दलका नेता महेश प्रसाद यादवले बजेट संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘नीति तथा कार्यक्रम एकातीर बजेट अर्कातिर छ । मुख्य एजेण्डालाई छाडेर सहायक एजेण्डामा बजेट हालिएको छ । यो हामीलाई स्वीकार्य छैन ।’बजेटमाथि छलफलका लागि आज डाकिएको प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । सो विषयमा सभामुखसँग जवाफ माग गर्ने निर्णय पनि भएको जनमतका दलका नेता यादवले बताए ।

 बजेट आएको १० दिनपछि मंगलवार प्रदेशसभा बैठक डाकिएको थियो, जुन बैठकमा रेडबुक बाँडियो । दुई साँसदले मात्र छलफलमा भाग लिएपछि सभामुख रामचन्द्र मण्डलले बजेटको अध्ययन साँसदहरुले नगरेको भन्दै बैठक स्थगित गरे ।उनले अर्को बैठक बुधवार दिउँसो १ बजे बस्ने जानकारी गराएका थिए । तर आज अन्तिम समयमा आएर सूचना टाँसगरी बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रदेशसभा बैठक स्थगित गरिएकोमा पनि जनमत पार्टीले आपत्ति जनाएको छ ।बजेटमा जनमतका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले समेत आपत्ति जनाइसकेका छन् । उनले बजेटमा बिचौलियाले प्रवेश पाएको भन्दै आफू स्वयंम पीडित बनेको उल्लेख गरेका हुन् ।

साभार : नेपाल प्रेस

 

`
12 comments
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..

40 मिनट पहिले

ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..

11 घन्टा पहिले

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..

काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ।  प्रतिनिधिसभा बैठ..

1 दिन पहिले

सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय

काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..

1 दिन पहिले

कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..

2 दिन पहिले