Janakpurdham
Wed, Aug 05, 2026
`

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असार १४ गते । मधेश प्रदेश सरकारको आयोजनामा भएको मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।  जनकपुरधामको अवध मिथिला सांस्कृतिक धर्मशालाको सभाहलमा मधेश र सुदूरपश्चिम प्रदेशबीच भएको फाइनलमा मधेश प्रदेशलाई ३६ अङ्कका विरुद्धमा ३७ अङ्कसहित सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।

प्रतियोगितामा समान अंक ल्याएका लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा विजयी भएका सुदूरपश्चिमले २५ हजार नगद, कप तथा स्वर्ण पदक प्राप्त गरेको छ ।  

द्वितीय भएका मधेश प्रदेशले नगद २० हजारसहित कप तथा रजत पदक प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गरेको बागमती तथा लुम्बिनी प्रदेशले नगद १५ हजार, कप तथा कास्य पदक प्राप्त गरे ।सातै प्रदेशका खेलाडीहरू सहभागी प्रतियोगिता असार १२ गते शुरु भएको थियो ।


साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

3 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले