Janakpurdham
Wed, Aug 05, 2026
`

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठकपछि प्रवक्ता प्रकाश शरण महतले यस्ताे बताएका हुन्।

उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताए। 

अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए। 

साथै, भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ। 

विधानतः हरेक दुई महिनामा बस्नुपर्ने बैठक नौं महिनाको अन्तरालपछि बस्न लागेको हो। बैठकमा पार्टीको एकसय दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ।

बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ। 

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

23 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

23 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले