
कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची
9 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठकपछि प्रवक्ता प्रकाश शरण महतले यस्ताे बताएका हुन्।
उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताए।
अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए।
साथै, भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ।
विधानतः हरेक दुई महिनामा बस्नुपर्ने बैठक नौं महिनाको अन्तरालपछि बस्न लागेको हो। बैठकमा पार्टीको एकसय दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ।
बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ।
साभार : काठमाडौं प्रेस

कांग्रेस केन्द्रीय समिति बैठक चारपाँच दिन चल्ने, यस्तो छ..
काठमाडौं, असार १६ : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै चार–पाँच दिनसम्म चल्ने भएकाे छ। साेमबारकाे बैठ..
9 घन्टा पहिले
ओलीलाई प्रधानमन्त्री बनाएकोप्रति शेखरको आपत्ति
काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर..
9 घन्टा पहिले
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारि..
काठमाडौं, असार १५ : प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक–२०८२ बहुमतले पारित भएको छ। प्रतिनिधिसभा बैठ..
1 दिन पहिले
सोमबारदेखि शुरु हुने कांग्रेस बैठकका लागि ६ एजेण्डा तय
काठमाडौं, असार १५ : सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि ६ वटा एजेण्डा तय भए..
1 दिन पहिले
कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुप..
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालन..
2 दिन पहिले