Janakpurdham
Sun, Mar 22, 2026
`

जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली र धम्की दिएको आरोपमा यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

यसअघि नेता यादव र जिल्ला प्रहरी प्रमुख खड्काबीच फोनमा विवाद भएको अडियो बाहिरिएको थियो। फोनमा नेता यादवले खड्कालाई अपशब्द बोलेको बताइएको छ। 

जसपा मधेश प्रदेश अध्यक्ष यादवले प्रहरी प्रमुख खड्कालाई ‘मधेशमा लुट्न आएको’ भन्ने आरोप समेत लगाएका थिए। 

धम्कीको अडियो सार्वजनिक भएपछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। यस बिषयमा अशोक राई नेतृत्वको जसपाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन्।

साभार : काठमाडौं प्रेस

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

7 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

7 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले