Janakpurdham
Sun, Mar 22, 2026
`

सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासंघको अपिल

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार महासंघ मधेशको आज जनकपुरधाममा बसेको चौथो बैठकले सो निर्णय गरेको प्रदेश महासचिव शैलेन्द्र क्रान्तिले जानकारी दिए ।

बैठकपछि विज्ञप्ति जारी गर्दै महासचिव क्रान्तिले पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गर्नेसहितका ६ निर्णय गरेको जानकारी दिएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘राज्यद्वारा सञ्चारमाध्यम सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तविपरीत भएकोले र यसले स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप संकटमा पार्नुका साथै सरकारको विचार लाद्‌ने जोखिम पैदा गर्ने भएकाले मधेश सरकारलाई उक्त कदमबाट पछि हट्न अपिल गर्ने निर्णय गरियो ।’

यस्तै मधेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीलाई आफ्नो पदीय मर्यादा ख्याल राखी प्रमाणसहित अभिव्यक्ति दिन बैठकले सुझाएको छ । उनले हालै विभिन्न सार्वजनिक मञ्चहरूमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीहरू लक्षित गर्दै दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन ठहर गर्दै यहासंघ मधेश प्रदेशले अभिव्यक्ति सच्याउन आग्रह गर्ने निर्णय गरेको छ ।महासंघले लोककल्याणकारी विज्ञापनका माध्यमबाट स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण तथा प्रवर्द्धनका लागि बजेटको व्यवस्था गर्न मधेश सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

7 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

7 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले