“विद्यार्थीहरूका लागि विद्यालयमा स्वादिलो र पौष्टिक दिवा खाजा”
9 महीना पहिले प्रकाशित
Esandhyakalin
किशोर मण्डल
जनकपुरधाम, असार २३ गते । सबैला नगरपालिका–८, ठिल्ला — मिति २०८२ साल असार २३ गते, सोमबारका दिन श्री जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवामा अध्ययनरत विद्यार्थीहरूलाई पौष्टिक दिवा खाजाको रूपमा चिउरा सहित आँप र मासु वितरण गरिएको छ। दिवा खाजा समितिको समन्वयमा आयोजित यस कार्यक्रमअन्तर्गत शाकाहारी विद्यार्थीहरूलाई आँप तथा चिउरा प्रदान गरिनुका साथै मांसाहारी विद्यार्थीहरूलाई मासु र चिउरा खुवाइएको विद्यालयले जानकारी दिएको छ। स्वस्थकर तथा पौष्टिक आहार प्रवर्धन गर्ने उद्देश्यले गरिएको यस पहलप्रति विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाएका छन्। विद्यालयका प्रधानाध्यापक दिनेश कुमार राय का अनुसार, विद्यार्थीहरूको स्वास्थ्य र पढाइमा सन्तुलन ल्याउने प्रयासस्वरूप यस प्रकारका खाजा कार्यक्रमहरू दैनिक रुपमा सञ्चालन गरिदै आइरहेको छ ।

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
7 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
7 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले