न्यायाधीश नियुक्तिमा परिषदलाई बारको ध्यानाकर्षण– अब आइन्दा यस्तो कार्य नदोहोर्याउनू
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २४ : नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा सम्मानजनक प्रतिनिधित्वको माग गरेको छ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्ति सिफारिस गर्दा कानुन व्यवसायीको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने माग बारको छ ।
बार महासचिव केदारप्रसाद कोइरालाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषदको ध्यानाकर्षण गराउँदै उक्त माग गरिएको हो। बारले न्यायाधीश नियुक्तिमा बारलाई कमजोर पार्ने रणनीति अख्तियार नगर्न समेत अनुरोध गरिएको छ।
‘सर्वोच्च अदालतको तीन न्यायाधीश नियुक्ति सिफारिसमा एक न्यायाधीश पद खाली नै राखी रिक्त सबै पदपूर्तिका लागि सिफारिस नगर्नुको औचित्य स्थापित हुन सकेको छैन,’ बार महासचिव कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पद रिक्त हुनु एक महिना अघि नै पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने बाध्यात्मक कानुनी प्रावधानलाई न्याय परिषद्ले ऐच्छिक प्रावधानका रूपमा रूपान्तरण गरेको र न्यायाधीश नियुक्तिमा समानुपातिक, समावेशी सिद्धान्त अपनाउनुपर्ने संविधानको व्यवस्थालाई न्याय परिषद्ले ध्यान नदिएको र अब आइन्दा यस्तो कार्य नदोहो¥याउन न्याय परिषद्को गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’
यस्तै, बारले न्याय परिषद् नियमावलीको संशोधनको विषय र बारका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे उपरको अदालतको अवहेलना मुद्दा शीघ्र निरूपणका लागि बारको अडान र दृष्टिकोण यथावत् रहेको जानकारी पनि विज्ञप्तिमार्फत गराएको छ।
साभार ः काठमाडौं प्रेस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले