Janakpurdham
Sun, Mar 22, 2026
`

ससुराको हत्या गरेर फरार ज्वाइँ ७ दिनपछि पक्राउ

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार २५ गते । छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् । जनकनन्दनी गाउँपालिकाबाट उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए ।

उनका अनुसार बेचनले आफ्नै ससुरा जनकपुरधाम १५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह ‘विमल’ को गत असार १८ मा हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए ।

घरायसी विवाद तथा लेनदेनका कारण बेचनले ससुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एसपी रेग्मीले बेचनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडी बढाएको जानकारी दिए । 

मृतक बासुदेव जनकपुरधामका मेयर मनोज साहका काका हुन् ।


साभार : नेपाल प्रेस

 

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

7 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

7 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले