Janakpurdham
Wed, Aug 05, 2026
`

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गरायो सचेत

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको निर्देशनविरुद्ध गतिविधि गर्ने २६ जनालाई सचेत गराउने निर्णय गरेको छ। 

पार्टीबाट आधिकारिक रुपमा उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको हो। 

समितिले उजुरीका आधारमा कैलालीका दुई, डोल्पाका १०, सल्यानका ११, दैलेख, खोटाङ र धनुषाका एक–एकजना गरी २६ जनालाई पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ। 

समितिले तीनै तहको निर्वाचनमा पार्टी तथा गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेर निष्कासनमा परेका ८८ जनाको पुनरावेदन निवेदन केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको पनि समितिले जनाएको छ। 

जस अनुसार कोसी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, वाग्मतीबाट चार, गण्डकीबाट तीन, लुम्बिनीबाट ३६, कर्णालीबाट चार र सुदूरपश्चिमबाट एकजना गरी जम्मा ८८ जनाको पुनरावेदन निवेदन परेको छ। 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

24 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

24 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले