Janakpurdham
Wed, Aug 05, 2026
`

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.महत

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे।

उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन्।

‘यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ। निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन्। अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,’ महतले भने।

तर उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे। 

‘आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,’ उनले भने।

प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।  

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

24 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

24 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले