Janakpurdham
Sun, Mar 22, 2026
`

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि खटाइयो

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको सहायताले पानी वितरण गरिने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए ।

ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण गरिनेछ । आगो नियन्त्रण गर्ने दमकल अहिले देखिएको खानेपानी संकट निवारण गर्न उपयोगी साबित हुने प्रदेश सरकारले विश्वास जनाएको छ । खानेपानी आपूर्ति गर्न नेपानी सेना खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने बताइएको छ ।

मुख्यमन्त्री सिंहले नेपाली सेनाको सहकार्यमा दमकल परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेनाले थप ७ वटा ट्याङ्कर र एउटा दमकल पठाउने तयारी गरिरहेको छ। 

यसवर्ष लामो समयदेखि वर्षा नभएकाले मधेश खडेरीको चपेटामा छ । यस प्रदेशमा करिब २० प्रतिशत जग्गामा मात्र धान रोपाइ भएको छ । यसवर्ष मधेसका जनताले खाद्यान्न संकटको सामना गर्नुपर्ने देखिन्छ । सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

वर्षा नभएकै पानीको सतह घटेर कल र बोरिङ सुक्न थालेको छ । खासगरी प्रदेशको उत्तरी भेगमा खानेपानीको हाहाकार भएको छ ।

 


साभार : नेपाल प्रेस

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

5 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

5 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले