Janakpurdham
Sun, Mar 22, 2026
`

मधेश प्रदेश तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,श्रावण ८ गते । सरकारले मधेश प्रदेशलाई तीन महिनाको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा यो सूचना प्रकाशित भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’

मधेश प्रदेशमा देखिएका विपद् अवस्थालाई सम्बोधन गर्न सरकारले आवश्यक कानुनी व्यवस्था र संयन्त्र सक्रिय गर्नेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएकामे गृह मन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले जानकारी दिए ।

नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने कानूनी व्यवस्था छ ।

उक्त अवधिभित्र विपद्बाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी घोषणाको अवधि बढाउन सक्ने व्यवस्था छ ।


साभार : नेपाल प्रेस

 

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

5 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

5 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले