जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा नेता काइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए।
नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे।
लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत उनले बताए। राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता रमेशजंग रायमाझीलगायतको सहभागिता थियो।
साभार ः काठमाडौं प्रेस

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
21 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
21 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले