Janakpurdham
Sat, Mar 21, 2026
`

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । 

आक्रमण गर्ने कानुन व्यवसायी तथा लेखनदासमाथि कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्डसहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान एक घण्टा धर्ना दिएका छन् । 

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेर विरोध प्रदर्शन गरेका हुन् । 

गुठी संस्थानबाट नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशको भवन निर्माणका लागि कानुनी प्रक्रिया पूरा गरी २० वर्षका लागि लिजमा लिएको ४ कट्ठा जग्गा संरक्षणका लागि साउन २७ गते तार लगाएर घेराबार गर्ने क्रममा नेपाल एसोसिएसन जनकपुरका पदाधिकारी सहित ६०–७० जना कानुन व्यवसायीहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।

नेपाल वारको भवनबाट निस्केर महासङ्घले प्राप्त गरेको जग्गासम्म पुगेर पत्रकारहरूमाथि जोर जबरजस्ती गर्नुका साथै कुटपिट पनि भएको थियो । सो क्रममा महासङ्घ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

कुटपिटमा संलग्न पाँच जना कानुन व्यवसायीमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा साउन २८ गते किटानी जाहेरी दिए पनि हालसम्म कारबाही नगरेको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् । 

 


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

3 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले