
आरआरआरको सिक्वेल बन्ने, निर्देशक राजामौलीले गरे पुष्टी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । जुनियर एनटीआर र राम चरण स्टारर प्यान इन्डिया फिल्म आरआरआरले विश्वव्यापी चर्चा सिर्जना गरेको छ। पहिलो भागको सफलता देखेर एसएस राजामौलीले फिल्मको सिक्वेल बनाउने पक्का गरेका छन् ।उनले फिल्मसँग सम्बन्धित योजनाहरू साझा गरेका छैनन्, तर फ्यानहरूलाई संकेत गरेका छन् कि उनी आरआरआर २ बनाउने योजनामा छन्।वास्तवमा आजकल ओस्कर अभियान सुरु भएको छ। जसका कारण निर्देशक राजामौली हाल अमेरिकामा आरआरआरको धेरै स्क्रिनिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।
यस अवसरमा उनलाई सोधियो कि के उनी आरआरआरको सिक्वेल बनाउने सोचमा छन् ? यसबारे निर्देशकले भने– मेरा सबै फिल्मका लेखक मेरा बुबा हुनुहुन्छ । हामीले आरआरआर २ को बारेमा थोरै छलफल गरेका छौं र उहाँले अझै कथामा काम गरिरहनुभएको छ ।आरआरआरले ठूलो पर्दामा तहल्का मच्चाएपछि, फ्यानहरू अब राजामौलीले जतिसक्दो चाँडो यसको सिक्वेल बनाउन् र कथालाई अगाडि बढाउन् भन्ने चाहन्छन्।यसबाहेक सिनेमा प्रेमीहरू रामचरण र जुनियर एनटीआरलाई फेरि एकसाथ हेर्न चाहन्छन्। यस्तो अवस्थामा फिल्मको दोस्रो पार्ट बन्यो भने फ्यानका लागि कुनै ट्रीटभन्दा कम हुनेछैन ।साभार : डिसी नेपाल

मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..
जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..
23 घन्टा पहिले
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
2 दिन पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
3 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
3 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
4 दिन पहिले