म त्यत्तिकै प्रधानमन्त्री बनेको होइन, जनताले जिताएर हो : सभापति देउवा
12 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु त्यत्तिकै प्रधानमन्त्री नभएको बताउँदै जनताले जिताएर प्रधानमन्त्री बनेको बताएका छन्। सभापति देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नरहेको पनि बताए।
प्रज्ञा प्रतिष्ठानमा बुधबार स्वर्गिय प्रदीप गिरिको स्मृति सभालाई सम्बोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन्। देउवाले आफुलाई जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेका कारण नै प्रधानमन्त्री बनेको बताए।
‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने ? कति प्रधानमन्त्री भइरहने भन्नुभयो। जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे। सबै पार्टीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हो,’ सभापति देउवाले भने।
देउवाल आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचनमात्रै लडेको बताउँदै सबै निर्वाचन जितेको भनाई पनि राखे। धेरै राजनीतिक दलका नेताहरू आफूलाई हराउन लागेको भए पनि सफल नभएको उनको भनाई छ।
‘म एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो । सौभाग्यले कहिल्यै पनि हारेको छैन । धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो डडेलधुराबाट । तर म त हार्छु भनेको थिएँ, तै पनि जितेछु,’ उनले भने, ‘जनता सबैभन्दा ठूलो कुरा हो । जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौं। जनता देशको मालिक हो । जनताभन्दा ठूलो कोही छैन । सबै साथीहरूले जनताको सेवा गरौं।’
साभार : काठमाडौं प्रेस
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
21 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
21 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
2 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
3 दिन पहिले