Janakpurdham
Wed, Aug 05, 2026
`

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लिलानाथ श्रेष्ठ

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्धि अन्तरक्रिया कार्यक्रम आज जनकपरधाममा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवम् पूर्वमंत्री लिलानाथ श्रेष्ठले कुनैपनि उच्चस्थान तथा पदको नेतृत्वगर्नका लागि कार्य सम्पादन नै पहिलो आधार भएको वताउनुभएको छ । उहाँले वदँलिदो समयमा जनताले पद वा हैसियतको अधारमा नभई सेवाभाव , नैतिकता र कार्यसम्पादनको आधारमा नेतृत्वको मल्याकंनगर्ने स्पष्ट पार्नभयो । नेकपा एमालेका पोलिटव्यरो सदस्य रामेश्वर फुयालले विगत ३५ वर्षमा नेपालको आर्थिक , सामाजिक तथा भौतिक लगायत विभिन्न क्षेत्रमा धेरै विकास तथा प्रगति भएकाले त्यस विषयलाई आफनो पार्टीका नेता तथा कार्यकर्ताहरुले जनतालाई घरदैलोमा पुगेर जानकारी गराउँनुपर्ने आग्रह गर्नुभयो। ३५ वर्ष अगाडि देशमा १० हजार किलाेमीटर पक्की सडक निमार्ण भएको थियो भने अहिले आएर एक लाख १० हजार किमी पक्कीसडक निमार्ण भएको उहाँले उल्लेखगर्दे देशको विकासमा सवै एक भएर लाग्नुपर्ने विचारव्यक्त गर्नुभयो । कार्याक्रममा अधिकांश वक्ताहरुले निर्वाचित जनप्रतिनीधि र पेशागत महासंघ वीच जीवन्त सम्वन्ध कायम गर्नपर्ने आवश्यक्ता रहेको वताउँनुभएको थियो । अन्तरक्रियामा पेशागत महासंघ नेपाल मधेश प्रदेशका अध्यक्ष विमला थापा ,सचिव अजयकुमार राय सहित पुन्यप्रसाद ढकाल , चन्देश्वर मण्डल , भोलानाय पोखरेल , हरि श्रेष्ठ , केदारप्रसाद देपकोटा , रामदेवलाल दासले लोकतन्त्रको अवस्था तथा समस्या वारे आा—आफनो धारण राख्नुभएको थियो । यसैगरी सो कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लावाट आएका संगठनका पदाधिकारी , राजनीतिक दलका प्रतिनीधि तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागिहरुले अन्तरक्रियालाई संगठनभित्र विचार आदनप्रदान र अनुभव साझेदारी तथा भविष्यका योजनाहरु तयगर्न उपयोगी भएको विचारव्यक्त गर्नुभयो ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले