स्वदेशवादलाई वैकल्पिक विचारधारा बनाउनुपर्नेमा जोड, मधेस–जनजाति एकताको अपिल
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , भदौ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एबं धनुषा जिल्ला प्रभारी डा. राजीव झा को बिषेश उपस्थिति रहेको थियो।
बैठकमा केन्द्रिय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरिएको छ। एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्ला स्तिथत केन्द्रिय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताह भित्र मनोनयन गर्ने जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष डा. राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले माओवाद, मार्क्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राख्नुभयो।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेले मधेसी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गर्नुभयो। साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गर्नुभयो।
जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाउनु भयो।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउनु हुदै मधेस आन्दोलनका सहिदलाइ सम्मान गर्नु पर्ने बताउनु भयो। केन्द्रिय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेसी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो।
स्वागत मन्तव्य जिससको पुर्ब उपसभापति दीपक झाले राख्नुभएको थियो।
बैठकलाई निष्कर्षमा पुर्याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा राम जीवन साह,बिजय यादब,बिजय राय,सरगुन पासमान,शिव शंंकर राउत लागायतले मन्तव्य राख्नु भएको थियो।
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 घन्टा पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
3 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
1 दिन पहिले
कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..
काठमाडौं,चैत ६ गते । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..
1 दिन पहिले
चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ
जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..
2 दिन पहिले