Janakpurdham
Wed, Aug 05, 2026
`

“बेपत्ता पीडित परिवारलाई न्याय दिनमा ढिलाई गर्न नहुने”

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ १५ गते । बेपत्ता विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा पीडित बेपत्ता परिवारका सदस्यहरूले सत्य कुराको खोजी गरिदिनका लागि माग गरेका छन् । 

एडभोकेसी फोरम, ईन्सेक तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको “सङ्क्रमणकालीन न्यायको वर्तमान अवस्था र पीडितको न्याय” विषयक छलफलमा सहभागीहरूले सो माग गनेका हुन । 

उहाँहरूले आफूहरूका आफन्त बेपत्ता भएको यतिका वर्ष बित्दा पनि हालसम्म सत्य कुरा बाहिर नआउनु निक्कै पिडाको अवस्था भएको बताउँदै कतिपयले निराश भएर कुशको प्रयोग गरेर दाह संस्कार गरेका छन् भने कतिपयले फर्किने आसमा बाच्नका लागि विवश रहेका छन् ।  

महोत्तरीका सोनवाका बेपत्ता परिवारका नागेश्वर यादवले आफ्नो बुबा सहित ६ जना बेपत्ता भएको यतिका वर्ष बित्दा राज्यले सत्यको खोजी नगरेका कारणले आफूहरू निक्कै अन्योलमा भएको बताउनु भयो । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५ जनाको नाउँ बेपत्ता सूचीमा सूचिकृत भएपनि बुबा रामदेव यादवको नाउँ समावेश नभएको बताउँदै बेपत्ता भएका आफन्तको पिडा सरकारले समयमा नबुझ्नु चिन्ताको विषय भएको बताउनु भयो । 

बेपत्ता सम्बन्धी आयोगमा देशभरिबाट ३ हजार २ सय ८८ जनाको उजुरी दर्ता रहेकोमा हालसम्म आयोगले २ हजार ५ सय ५८ जनाको लिष्ट जारी गरेको एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक अधिवक्ता राज कुमार महासेठले जानकारी दिनु भयो । उहाँले मधेश प्रदेशका ८ जिल्लाबाट १ सय ६१ जना बेपत्ता रहेका छन् । जिल्लागत रूपमा सबैभन्दा बढी बर्ढीयावाट बेपत्ता भएका छन् । धनुषा जिल्लाबाट मात्र ११ देखि १५ जना बेपत्ता भएको अधिवक्ता महासेठले जानकारी दिनु भएको हो । 

राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख सह–सचिव बुद्धनारायण साहनीले आफन्त बेपत्ता भएका पीडित परिवारलाई राज्यले थकाउने काम गरेको बताउँदै बेपत्ताको अवस्था तथा सत्यको निरूपण यस सम्बन्धी आयोगले नै गर्ने बताउनु भयो । 

उहाँले आयोगले धनुषाबाट बेपत्ता भएका पाँच जनाको शव उत्खनन गरेर पीडितलाई न्याय दिएको नजिर भएको बताउँदै सरकारले बेपत्ताहरूको अवस्थाको विषयमा पीडितलाई जानकारी दिनमा अव ढिलाई गर्न नहुने बताउनु भयो । 

पीडित परिवारका सदस्य तारा महतोले बेपत्ता तथा सत्य निरूपण आयोग पटक पटक बने पनि आयोगले काम नगर्दै कार्यकाल सकाउने प्रवृत्तिका कारणले पीडितहरू झनै पिडामा पर्ने गरेको बताउनु भयो । ईन्सेकाका मधेश प्रदेशका संयोजक राजु पासवानले बेपत्ता तथा द्वन्द्व पीडितलाई राज्यले समयमा नै उचित निकास दिनु पर्ने धारणा राख्नु भयो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले बेपत्ता तथा द्वन्द्व पीडितहरूको समस्या समाधानका लागि सरकार तथा आयोग गम्भीर भएर काम गर्न जरुरी रहेको बताउनु भयो । छलफल कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी रहेर विभिन्न जिज्ञासाहरू राखेका थिए ।  


साभार : रेडियो नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

7 मिनट पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

9 मिनट पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले