Janakpurdham
Wed, Aug 05, 2026
`

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ।

मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो। विधेयक गत १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको थियो। 

उक्त विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था (कुलिङ अफ पिरियड) राख्न खोजिएको भए पनि प्रतिनिधि सभाबाट पारित हुने बेला गडबडी भएपछि राज्य व्यवस्था समितिको सभापतिबाट रामहरी खतिवडाले राजिनामा दिनुपरेको थियो। 

राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएको गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको छ। 

अब राष्ट्रिय सभाबाट पारित उक्त विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण हुनेछ । त्यसपछि मात्र यो ऐनका रुपमा लागू हुनेछ।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

20 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

20 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले