देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्दीकाठमाडौं । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् । ‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा भएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदीबन्दीहरू भागेका छन् । उनको रिहाइपछि देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ । बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए । आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् । तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिएपनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ । सुन्धारा कारागारबाट तीन हजार बढी कैदी भोगेका छन् । उक्त कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी समेत फरार भएका छन् । धादिङ कारागारबाट पनि कैदीहरू भाग्न थालेपछि सेनाले गोली चलायो । जहाँ एक जनाको मृत्यु भएको छ । त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । रसुवा कारागारबाट करिब सयको सङ्ख्यामा कैदी भाग्दा डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्यो । धुलिखेलस्थित जिल्ला कारागारमा पनि कैदीहरूले आगो लगाए । उनीहरूले लगाएको आगो दमकल प्रयोग गरेर दुई घण्टापछि नियन्त्रणमा आयो । आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालियो । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीको भनाई छ । जलेश्वर कारागारबाट पाँच सय बढी कैदी भागेका छन् । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् । देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।
11 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् ।
बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो ।
प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए ।
भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् ।
तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ ।
नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिएपनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ ।
सुन्धारा कारागारबाट तीन हजार बढी कैदी भोगेका छन् । उक्त कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी समेत फरार भएका छन् । धादिङ कारागारबाट पनि कैदीहरू भाग्न थालेपछि सेनाले गोली चलायो । जहाँ एक जनाको मृत्यु भएको छ ।
त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । रसुवा कारागारबाट करिब सयको सङ्ख्यामा कैदी भाग्दा डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्यो ।
धुलिखेलस्थित जिल्ला कारागारमा पनि कैदीहरूले आगो लगाए । उनीहरूले लगाएको आगो दमकल प्रयोग गरेर दुई घण्टापछि नियन्त्रणमा आयो । आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालियो । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीको भनाई छ ।
जलेश्वर कारागारबाट पाँच सय बढी कैदी भागेका छन् । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् ।
नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् ।
देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।
साभार : नेपाल प्रेस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
20 मिनट पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
22 मिनट पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
1 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
1 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले