Janakpurdham
Sat, May 30, 2026
`

‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन्। 

रामेछापमा पत्रकार अन्र्तक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए। 

‘जेनजी आन्दोलन विषयविहीन थिएन। समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए,’ उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ।’

उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थको रोटी सेक्ने काम भएको बताए। 

‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ,’ उनले भने,‘आन्दोलनभित्र छिरेर गैरजेनजीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे। राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरु त्यसभित्र घुसेर परिस्थिती यस्तो भयो।’

आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषय समेत गम्भीर भएकाले छानविन हुनुपर्ने उनले बताए। 


कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए। 

‘युवाहरुको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न यो सरकारले छानविन गर्नुपर्छ।’

अब देश स्थिरतातर्फ जानुपर्ने र देशलाई सहि मार्गमा लैजानका लागि निष्पक्ष र शान्तिपूर्ण ढंगबाट निर्वाचत हुनुपर्ने भन्दै उनले भने,‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ । यसो भए मात्र समस्या हल हुन सक्छ।’

सरकारको क्याबिनेटमा अन्तिम समयसम्म पनि जेनजीको विषय र सामाजिक सञ्जालको विषय उठाउने आफू पहिलो व्यक्ति भएको भन्दै पूर्व मन्त्री पौडेलले आफूले क्याबिनेटमा सामाजिक सञ्जालको हकमा बन्द गर्नु हुँदैन भनेको स्मरण गरे। 

आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ गते नै राजीनामा दिने मनस्थिीतिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए। 

‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ, उनले भने । त्यसबीचमा परिस्थिती बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएको भन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए। 

साभार ः काठमाडौं प्रेस

 

 

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

13 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

13 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले