Janakpurdham
Sat, Mar 21, 2026
`

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको राजीनामा

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपासहित आफ्नै पार्टी जनमत, कांग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंह स्पष्ट अल्पमतमा परेका छन् ।लोसपाबाट सरकारमा रहेकी शिक्षामन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको हो ।

मधेश प्रदेश, प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दिइएको समर्थन आजकै मिति २०८२।०६।२७ गतेबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

मधेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ। स्पष्ट अल्पमत हुँदा पनि पार्टीको निर्देशन अटेर गर्दै मुख्यमन्त्री सिंहले भनेलि विश्वासको मत लिँदैछन् ।


साभार : नेपाल प्रेस

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले