Janakpurdham
Sat, Mar 21, 2026
`

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनार (सोनल) नियुक्त हुनु भएको छ । 

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार पाँच राजनीतिक दलको ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त गर्नु भएकाले मधेश प्रदेशका मुख्यमन्त्रीमा सोनार नियुक्त हुनु भएको मधेश प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज साँझ जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको हो । 

नव नियुक्त हुनु भएका सोनारको पक्षमा जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र नेकपा एसका ७ गरेर ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त देखिएकाले नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । 

मधेश प्रदेश सभाको मुख्यमन्त्री पदमा नियुक्तिका लागि ती दलका नेताहरूले आज बिहान १० बजे नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा सोनारलाई नियुक्तिका लागि दाबी पत्र दर्ता गराउनु भएको थियो । नव नियुक्त हुनु भएका मुख्यमन्त्री सोनार बारा जिल्लाबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा लोसपाबाट निर्वाचित हुनु भएको हो । 

जनता समाजवादी पार्टी नेपालका लालबाबु राउत नेतृत्वको पहिलो मधेश प्रदेश सरकारमा सोनार मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । लामो राजनीतिक यात्रा गर्नु भएका सोनार पेशले इन्जिनियर हुनु हुन्छ ।  


साभार : रेडियो नेपाल

`
12 comments
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 घन्टा पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

1 दिन पहिले

कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, गगन थापा अनुपस्थि..

काठमाडौं,चैत ६ गते ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। सभापति गगन थापा अनुपस्थित भएपछि साने..

1 दिन पहिले

चैती नवरात्राको जनकपुरधाममा विशेष पूजापाठ

जनकपुरधाम, चैत्र ५ गते । चैती नवरात्रको अवसरमा जनकपुरधामको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि भक्तजनहरूको आज बिह..

2 दिन पहिले