Janakpurdham
Wed, Aug 05, 2026
`

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यमन्त्री सिंह

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालका लागि तटस्थ रुपमा बस्ने बताउनु भएको छ । 

निवर्तमान मुख्यमन्त्री सिंहले जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अहिले कुनै समूहमा नजाने निर्णयमा रहेको जानकारी दिनु भएको हो । 

सिंहले पछिल्लो समय मधेशमा राजनीतिक ध्रुवीकरण हुँदै गएको अवस्थामा जनस्वराज पार्टीले कुनै पक्षमा उभिनु सान्दर्भिक नहुने भन्दै तटस्थ भूमिकामा बस्ने निर्णय लिएको जानकारी दिनु भयो । 

उहाँले अहिले सनाखत प्रक्रिया चलिरहेकाले यस्तो संवेदनशील अवस्थामा हामी एकपक्षीय समर्थनमा जाने पक्षमा नरहेको बताउँदै रचनात्मक, जनमुखी र सुशासनमुखी एजेन्डा लिएर आएको खण्डमा हामी त्यसको समर्थन गर्न गर्ने बताउनु भयो । 

निवर्तमान मुख्यमन्त्री सिंहले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको र केही कामको परिणाम चाडै सकारात्मक रुपमा आउने दाबी पनि गर्नु भयो । उहाँले मधेशको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सकारात्मक काम गर्ने प्रयास गरेका बताउनु भयो । 

उहाँले नेतृत्व गरेको नयाँ राजनीतिक दल ‘जनस्वराज पार्टी’ को उद्देश्य र मार्गदर्शन सिद्धान्तहरूबारे चर्चा गर्दै सिंहले यो पार्टी मधेशमा वैकल्पिक शक्ति बन्ने दाबी पनि गर्नु भयो । जनता अब विकल्प खोज्दैछन् । पुराना संरचनाबाट निराश भएका जनताले जनस्वराज पार्टीलाई एक आशाको रूपमा हेर्न थालिसकेका दाबी सिंहले गर्नुभयो । 


साभार : रेडियो नेपाल

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

18 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

18 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

2 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

3 दिन पहिले