Janakpurdham
Wed, Aug 05, 2026
`

सुदन गुरूङ प्रकरणकाे साइड इफेक्ट कान्तिपुरमा : प्रबन्ध निर्देशक सिराेहियाले दिए राजीनामा

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,बैशाख ११ गते ।  कान्तिपुर मिडिया ग्रुप (केएमजी) का प्रबन्ध निर्देशक सम्भव सिरोहियाले अचानक राजीनामा दिएका छन् । पूर्वगृहमन्त्री सुधन गुरूङसँग जाेडिएकाे विवादलाई लिएर कान्तपुरमा प्रकाशित समाचार श्रृङ्खलाप्रति असन्तुष्टि जनाएर उनले राजीनामा दिएका हुन् ।

सिराेहियाले बिहीबारदेखि नै लागू हुने गरी राजीनामा दिएको कान्तिपुरले जनाएकाे छ । कान्तिपुर अनलाइनमा प्रकाशित समाचारअनुसार मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर उनले एक सन्देशसमेत पठाएका छन् ।

सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ, विशेषगरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचारमा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् । उनले आरोपहरूलाई सनसनीपूर्ण बनाउँदै प्रस्तुत गरिएको भन्दै लेखेका छन्, ‘मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर रूपान्तरणको नेतृत्व गर्न सक्दिनँ ।’

 

कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट भन्दै तत्कालीन गृहमन्त्री गुरुङको कारोबारका विवरण सार्वजनिक गरेको थियो । सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् ।

 सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा पोष्ट गरेका तत्कालीन गृहमन्त्री गुरुङबारेका समाचारका लिंक र त्यससम्बन्धी तस्बिरका स्क्रिनसट फेसबुक र ट्विटरमा राख्दै लेखेका थिए, ‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन ।’

केही वर्षअघि आफू केएमजीको नेतृत्वमा आउँदा संस्थाको वार्षिक घाटा ६० करोडभन्दा बढी भएको र पछिल्लो समय गरिएका सुधारले कम्पनी नाफाउन्मुख रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘यो सम्भव बनाउने हरेक व्यक्तिप्रति म गर्व गर्छु ।’

सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । उनी कान्तिपुरका संस्थापक कैलाश सिराेहियाका छाेरा हुन् ।


साभार ः नेपाल प्रेस

`
12 comments
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

8 घन्टा पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

8 घन्टा पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

1 दिन पहिले

सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..

रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..

1 दिन पहिले

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी, साउन १७ :  ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..

2 दिन पहिले