Janakpurdham
Mon, Nov 23, 2026
`

मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाउन माग

35 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदेशका तीनवटा मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री बनाउन माग गरिएको छ।

ग्रामीण अपाङ्ग उत्थान केन्द्र धनुषाले प्रेस विज्ञप्तिमार्फत यस्तो माग सार्वजनिक गरेको हो। केन्द्रका अनुसार रिभा ग्रान्टअन्तर्गत Diverse Patterns को आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा पहुँचको अधिकार सुनिश्चित गर्ने उद्देश्यले दुईदिने डिजिटल पहुँचयोग्यतासम्बन्धी तालिम सञ्चालन गरिएको थियो।

तालिमकै क्रममा सहभागीहरूले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालको प्रारम्भिक डिजिटल पहुँच परीक्षण गरेका थिए।

परीक्षणबाट सरकारी वेबसाइटमा रहेका सामग्री स्क्रिन रिडरबाट पढ्न कठिन हुने, अक्षरको आकार आफूअनुकूल परिवर्तन गर्न नमिल्ने, तस्वीरमा वैकल्पिक विवरणको अभाव रहने तथा भिडियोमा उपशीर्षक र सांकेतिक भाषाको व्यवस्था नहुनेजस्ता समस्या देखिएको ग्रामिण अपाङ्ग उत्थान केन्द्र धनुषाका किरण कुमार पासवानले जनाएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा राखिने पोस्ट तथा अन्य सामग्री पनि दृष्टि र श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा प्रयोग गर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

डिजिटल प्रविधिको विस्तारसँगै सरकारी सूचना तथा सेवामा सबै नागरिकको समान पहुँच हुनुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रले सम्बन्धित मन्त्रालयहरूलाई आफ्ना वेबसाइट र सामाजिक सञ्जालका सामग्री अपाङ्गतामैत्री बनाउन आवश्यक सुधारका कदम चाल्न आग्रह गरेको छ।

 

`
12 comments
मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..

जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..

35 मिनट पहिले

अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : सांसद à¤..

जनकपुर, मंसिर ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरे..

5 घन्टा पहिले

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्..

नयाँदिल्ली, मंसिर ७ : नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्à¤..

5 घन्टा पहिले

जनज्योति बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न, आरà¥..

जनकपुरधाम, मंसिर ६ गते । धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील रहेको जनज्योति बचत तथा ऋण सहकà¤..

1 दिन पहिले

४२औँ मिथिला विभूति स्मृति पर्व समारोह बेनीपट्टीमा सम्पà¤..

बेनीपट्टी, मधुबनी, मंसिर ६ गते । मिथिलाञ्चल विकास संस्थान, बेनीपट्टीको आयोजनामा ४२औँ मिथिला विभूति स्मृति पर्व सà¤..

1 दिन पहिले