Janakpurdham
Wed, Sep 02, 2026
`

जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्छ : डा. सिके रावत

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रात दिन काममा खटिने योजना रहेको उनले बताए ।सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताए । अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन् बढी सहयोगको अपेक्षा गरिएको पनि बताए । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो । मतदाताले आफ्नो पार्टीलाई अन्तिम आशा भनेको भन्दै त्यो आशा पूरा गर्न आफूले ‘डू एण्ड डाइ’ को रणनीति अपनाउने उल्लेख गरे ।उनले भने, ‘जनताले जुन अपेक्षा हामीसँग राखेका छन । त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईंंहरूलाई पनि अनुमान छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ ।’अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि बताए । त्यस अवसरमा उनले चुनावमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद व्यक्त गरे । साभार : कोसीअनलाइन

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले