Janakpurdham
Thu, Jun 25, 2026
`

कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । अभिनेत्री कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने भएकी छिन् । यो फिल्म २००५ को क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । चन्द्रमुखी २ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सोसल मिडिया ह्यान्डलमा दिएकी छिन् । यो चलचित्रलाई पी वासुले निर्देशन गर्नेछन् । अर्कोतर्फ, कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिनेछन्, जो कञ्चना १ र कञ्चना २ र कञ्चना ३ जस्ता हरर कमेडी फिल्मका लागि परिचित छन् ।

पहिलो भागमा ज्योतिका सरवनन बनेकी थिइन् चन्द्रमुखी


रजनीकान्त र ज्योतिका सरवननले २००५ मा फिल्म चन्द्रमुखीमा काम गरेका थिए । चन्द्रमुखी सन् २००४ को फिल्म आपटामित्राको रिमेक हो, जो आफैं सुपरस्टार मोहन लालको मलयालम फिल्म मणिचित्रथजु को रिमेक हो । साथै, अक्षय कुमार र विद्या बालन स्टारर फिल्म भुल भुलैयामा मञ्जुलिकाको चरित्र पनि चन्द्रमुखीबाट लिइएको थियो ।


चन्द्रमुखी २ को छायांकन डिसेम्बरबाट सुरु हुनेछ

मिडिया रिपोर्टका अनुसार कंगनाले डिसेम्बरको पहिलो साताबाट फिल्मको सुटिङ सुरु गर्दैछिन् । इमर्जेन्सी फिल्मको कामबाट अलिकति ब्रेक लिएर उनले यो फिल्मको काम सुरु गर्नेछिन् । जनवरीमा इमर्जेन्सीको सुटिङ सकिएपछि कंगनाले चन्द्रमुखी २ को दोस्रो शेड्युलको छायांकन सुरु गर्नेछिन् ।

कंगना चन्द्रमुखीको भूमिकाका लागि उत्साहित छिन्

समाचारका अनुसार चन्द्रमुखी २ लाई लाइका फिल्म्सले निर्माण गर्नेछ, जसले हालै वर्षको सबैभन्दा ठूलो फिल्म पीएसवानलाई निर्देशन गरेको छ । कंगना यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । फिल्मको बारेमा कुरा गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफूलाई धेरै भाग्यशाली मान्छु कि अर्को तमिल फिल्ममा पी वासु जीसँग काम गर्ने मौका पाइरहेको छु ।’साभार : रातोपाटी

`
12 comments
बन्दशत्रमा रविले भने– पुरानै शैलीले फरक परिणाम सम्भव छै..

चितवन, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक श..

22 घन्टा पहिले

कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू ..

रौतहट, असार ९ : नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपम..

22 घन्टा पहिले

नेकपा एमालेका उपाध्यक्ष पौडेल पक्राउ

सुर्खेत ,असार ८ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ ।  पूर्व अर्थमन्त्री समे..

2 दिन पहिले

मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने

चितवन, असार ८ : अहिले चिवतनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेन चलिरहेको छ।  आइतबारबाट सुरु भएर ती..

2 दिन पहिले

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दास..

काठमाडौं, असार ७ : प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको ..

3 दिन पहिले