Janakpurdham
Fri, Jan 10, 2025
`

कतार विश्वकपकै पहिलो ह्याट्रिक गर्ने रामोस भन्छन् : सपनामा पनि सोचेको थिइनँ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

२१ मंसिर, काठमाडौं । पोर्चुगलका गोन्सालो रामोस विश्वकपको अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा पहिलो रोजाईँमा परेपछि अरु जस्तै आश्चर्यमा थिए ।स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा उनै रामोसले ह्याट्रिक गरे । जुन उनी आफैँले कल्पना गरेभन्दा बाहिरको थियो ।विश्वकपमा उनले पहिलो पटक पहिलो रोजाईँमा खेलेका थिए । तर पोर्चुगललाई सन् २००६ पछि विश्वकपको क्वाटरफाइनलम पुर्‍याउने क्रमम उनले सनसनी प्रदर्शन गर्दा ह्याट्रिक गर्नुका साथै एक असिस्ट समेत गरे ।प्रशिक्षक फर्नान्डो सान्तोसले अट्याकमा क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै उनको स्थानमा रामोसले खेलाउने भएपछि २१ वर्षीय रामोसले खेलअघि नै हेडलाइनमा छाइसकेका थिए । कतार विश्वकपकै ठूलो कथा बन्ने क्रमममा यी युवालाई धेरै समय लागेन ।

‘मैले मेरो सपनामा पनि म नकआउट चरणको पहिलो रोजाईँमा पर्छु भनेर सोचेको थिइँन’, रामोसले मुस्कुराउँदै भने ।खेलअघि रोनाल्डोले खेलअघि रोनाल्डो बेञ्चमा बस्ने बारे केही कुरा नभएको  बताए ।  ‘साँच्ची भन्दा हाम्रो टिममा यस बारे कसैले केही भनेका थिएनन् । क्रिस्टियानो हाम्रो कप्तान हुन् । सधैँ जस्तै उनी हामीलाई सहयोग गर्छन् र उत्साह दिन्छन् । मलाई मात्र होइन टिममेटलाई पनि उही गर्छन् ।’ रामोसले पोर्चुगलको सिनियर टिममा खेल्न थालेको धेरै भएको छैन । उनले विश्वकपअघिको वार्मअप खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराउँदा डेब्यु गरेका थिए ।

विश्वकपको समूह चरणमा तीन मध्ये दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट खेलेका थिए ।

स्वीट्जरल्याण्ड विरुद्ध तीन गोल गरेपछि रामोस विश्वकपमा पहिलो रोजाईँमा खेलेको पहिलो खेलमै ह्याट्रिक गर्ने २० वर्ष यताकै पहिलो खेलाडी बने । यसअघि सन् २००२ मा जर्मनीका मिरोस्लाभ क्लोजले साउदी अरेबिया विरुद्ध यस्तै उपलब्धि हासिल गरेका थिए ।रामोसले स्वीट्जरल्याण्ड विरुद्ध खेलको १५ औं मिनेटमै पहिलो गोल गर्दै खाता खोलेका थिए । ५१औं मिनेटमा दोस्रो गोल गरेका उनले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । रामोसले गोल गर्दा स्वीट्जरल्याण्डका गोलकिपर यान सोमेर पनि नतमस्तक बनेका थिए ।रामोसले शनिबार हुने मोरक्को विरुद्धको क्वाटरफाइनलमा आफूले पहिलो रोजाईँमा खेल्नेछु भन्न अहिले हतार हुने बताए । रोलमोडलको बारेमा सोधिएको प्रश्नमा रामोसले भने, ‘क्रिस्टियानो रोनाल्डो एक हुन्, रोवर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोभिच पनि हुन् ।’ उनीहरुको खेल रामोसले राम्रोसँग नियालिरहेका छन् ।साभार : अनलाइनखबर

`
12 comments
आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री खड्..

काठमाडौं, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीतिबाट सन..

7 घन्टा पहिले

लामिछानेसहित सातै जनालाई छाड्न आदेश, अदालतले कोसँग कति ध..

काठमाडौं, पुस २५ : सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले रवि लामिछ..

7 घन्टा पहिले

मुख्यमन्त्री सिंहलाई सत्तारुढ कांग्रेसकै सांसदले भने- ..

जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख..

1 दिन पहिले

मधेश प्रदेश सरकारले एक हजार एकासी सहिद परिवारको बिमा गर्..

जनकपुरधाम, पुस २४ गते ।मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शह..

1 दिन पहिले

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दै..

काठमाडौँ , पुस २३ गते । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भ..

2 दिन पहिले