Janakpurdham
Wed, Sep 02, 2026
`

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन कप्तान लियोनल मेस्सीले एक गोल गर्दै उत्कृष्ट भूमिका निर्वाह गरे ।  मेस्सीले १ गाेल गर्दा  जुलियन अल्भारेजले २ गोल गरे । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सदुपयोग गरे । खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा उनले व्यक्तीगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।उपाधिका लागि अर्जेन्टिनाले माेरक्काे र फ्रान्सबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।साभार : कोसी अनलाइन

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

2 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

2 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

3 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

3 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 दिन पहिले