
पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए ।जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ पुग्दा निकै प्रफुल्लित देखिन्थे ।पोखरामा उनले छोरा अर्जुनको जन्मदिनको केक काटे । पोखरा हुँदै ओबराय परिवार अन्नपूर्ण फेरोमा पर्ने प्रसिद्ध पुनहिलमा पदयात्राको लागि जाने कार्यक्रम छ । पोखरा फर्किएर भैरहवा हुँदै उनी लुम्बिनी दर्शनको लागि जानेछन् ।

काठमाडौं ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडा उक्लेका थिए । सोही दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर समेत भेटे ।व्यवसायी पुनम यादवको पहलमा नेपाल आइपुगेका उनले आफ्नो नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भइरहेको बताएका छन् ।साभार : अनलाइनखबर
तस्वीर सौजन्य : आशिष पुरी






मधेश प्रदेशमा खेलकुदको पूर्वाधार निर्माण सरकारको उच्च ..
जनकपुरधाम , वैशाख २६ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलक..
20 घन्टा पहिले
जनकपुरधाममा भोलिदेखि तेस्रो मेयर कप क्रिकेट प्रतियोगित..
जनकपुरधाम ,वैशाख २५ गते । जनकपुरधाममा भोली देखि तेस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८२ हुने ..
2 दिन पहिले
भारत-पाकिस्तान द्वन्द्वपछि नेपाल-भारत सीमा र विमानस्थल..
काठमाडौं वैशाख २४ : भारत–पाकिस्तानबीचको द्वन्द्व चर्किएपछि सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा नि..
3 दिन पहिले
‘अपरेशन सिन्दूर’लाई जनकपुरधामबाट समर्थन—नेपाल–भारत ख..
जनकपुरधाम, वैशाख २४ गते । नेपाल भारत खुला सीमा संवाद समूहले भारत सरकारले पाकिस्तानका नौ स्थानमा गरेको ‘अपरेशन स..
3 दिन पहिले
बाढीले कमला नदीको अस्थायी पुल बगाउँदा हुलाकी सडक अवरुद्..
जनकपुरधाम ,वैशाख २३ गते । सिरहा र धनुषा जोड्ने कमला नदीमा बाढी आएपछि हुलाकी राजमार्ग अवरुद्ध भएको छ ।बाढीले अस्था..
4 दिन पहिले